कास्कीको माछापुच्छ्रेमा १४ लाख बढी चोरी गरेको आरोपमा ४ जना पक्राउ
पाेखरा | साउन १७, २०८१
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ रुम्जामा शशीधर काफ्लेको घरबाट १ लाख ७३ हजार नगदसहित अन्दाजी १४ लाख ८ हजार बराबरको सामान चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
शशीधर काफ्लेको घरमा साउन ३ गते धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहनासहित नगद १ लाख ७३ हजार चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक बस्ने ४२ वर्षीय सुर्यबहादुर घर्ती क्षेत्री, ५१ वर्षीय खड्कबहादुर पुनमगर, पोखरा महानगरपालिका–२१ बस्ने ५८ वर्षीय लोकबहादुर रानामगर र नदीपुर बस्ने ३५ वर्षीय राजु सुनार रहेका छन् ।
उनीहरुलाई काफ्लेको घरमा गएर धारिलो हतियार देखाएर सुनको गरगहना सिक्री र तिलहरी१/१ थान , औठी ३ थान, रिङ ३ जोर, मोबाईल १ थान, नगद १ लाख ७३ हजार गरी अन्दाजी १४ लाख ८ हजार बराबरको सामान चोरी गरी गरेका थिए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

